मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानी सर्वोच्च नेताका सल्लाहकारको निधन – Pradesh Dristhi
देश

इरानी सर्वोच्च नेताका सल्लाहकारको निधन

तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीका वरिष्ठ सल्लाहकार कमल खाराजीको निधन भएको छ । यसै महिनाको सुरुमा भएको आक्रमणमा घाइते भएका उनको निधन भएको हो

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी–जायोनिस्ट शत्रुले उनको घरलाई लक्षित गर्दै गरेको आक्रमणमा घाइते भएका खाराजीको बिहीबार मृत्यु भएको हो । उक्त आक्रमणलाई इरानले अमेरिका र इजरायलसँग जोड्दै आएको छ ।

आक्रमणमा खाराजीकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।  चिकित्सकीय उपचारका क्रममा उनको अवस्था झन् बिग्रिँदै गएको बताइएको थियो ।

यसैबिच, केही साताअघि सीएनएनका फ्रेडरिक प्लेइटजेनसँगको विशेष अन्तर्वार्तामा खाराजीले इरानले दीर्घकालसम्म युद्ध धान्न सक्ने विश्वास व्यक्त गरेका थिए । उनले कूटनीतिक समाधानको सम्भावना कम रहेको बताउँदै युद्ध अन्ततः आर्थिक दबाबका कारण टुङ्गिने दाबी गरेका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker