मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
स्वास्थ्य नीति निर्माणको मुख्य आधार अनुसन्धान हुनुपर्छ : उपराष्ट्रपति यादव – Pradesh Dristhi
देश

स्वास्थ्य नीति निर्माणको मुख्य आधार अनुसन्धान हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य क्षेत्रको नीति निर्माण र कार्यक्रम कार्यान्वयनलाई वैज्ञानिक अनुसन्धानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको दशौँ राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन

वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा स्वास्थ्य नीति तय गर्नु संवैधानिक दायित्व भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले अनुसन्धानलाई शैक्षिक अभ्यासमा मात्र सीमित राख्न नहुने स्पष्ट पारे। नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन अनुसन्धानको निष्कर्षलाई कार्यन्वयनमा ढाल्नुपर्ने बताए।

‘स्वास्थ्य अनुसन्धानले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धनमा रणनीतिक मार्गदर्शन प्रदान गर्छ,’ उनले भने, ‘यसले चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यावहारिक दक्षता बढाउनुका साथै नीति निर्माता र विकास साझेदारबीच सहकार्यको वातावरण समेत निर्माण गर्छ।’

मुलुकमा नसर्ने रोगहरूको बढ्दो बोझ, जलवायु परिवर्तनको असर र भौगोलिक विविधताका कारण स्वास्थ्य सेवामा देखिएको असमानता अहिलेको प्रमुख चुनौती रहेको यादवले औँल्याए। यी समस्या सम्बोधन गर्न अनुसन्धान अपरिहार्य रहेको बताउँदै उनले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच समन्वय हुनुपर्ने धारणा राखे।

‘प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान शासन’ भन्ने नाराका साथ सुरु भएको तीन दिने सम्मेलनले अनुसन्धानकर्ता र नीति निर्माताहरूबीच संवादको बलियो माध्यम बन्ने विश्वास उनले व्यक्त गरे। स्वास्थ्य अनुसन्धानको नियमन र असल अनुसन्धान संस्कार विकासमा परिषद्ले खेलेको भूमिकाको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले सम्मेलन सफलताको कामना समेत गरे।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker