मिति: ९ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
निर्वाचनको परिणामले निजी क्षेत्रमा नयाँ आशा जगाएको छ : अध्यक्ष अग्रवाल – Pradesh Dristhi
देश

निर्वाचनको परिणामले निजी क्षेत्रमा नयाँ आशा जगाएको छ : अध्यक्ष अग्रवाल

 

विकासक्रम र निर्वाचनको परिणामले निजी क्षेत्रमा नयाँ आशा जगाएको बताएका छन्। चेम्बरको ७५ औँ वर्षगाँठको अवसरमा शुक्रबार आयोजित समारोहमा बोल्दै उनले गत भदौमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक मोड र हालैको निर्वाचनले देशलाई आर्थिक स्थायित्वको बाटोमा लैजाने विश्वास व्यक्त गरेका हुन् ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक कुनै एक दलले झन्डै दुई तिहाइ बहुमत ल्याउनु अभूतपूर्व भएको भन्दै उनले यसबाट लगानीमैत्री वातावरण र सुशासन कायम हुने अपेक्षा गरे। अध्यक्ष अग्रवालले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमा अघि सारेका आर्थिक लक्ष्यहरूको स्वागत गरे।

पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, अर्थतन्त्रको आकार उल्लेख्य विस्तार गर्ने र प्रतिव्यक्ति आय १४ सय डलरबाट बढाएर ३ हजार डलर पुर्‍याउने रास्वपाको प्रतिवद्धताले व्यवसायीहरूलाई उत्साहित बनाएको उनको भनाइ छ। विज्ञ मन्त्री र विशेषज्ञमा आधारित प्रशासनिक संयन्त्र निर्माण गर्ने सरकारको योजनाले कर्मचारीतन्त्रमा रहेको ढिलासुस्ती अन्त्य भई निजी क्षेत्रको मनोबल बढ्ने उनले उल्लेख गरे।

सहकारी क्षेत्रको संकट समाधानका लागि सरकारले अघि सारेको एक सय दिनभित्र बचत फिर्ता गर्ने योजनाले साना उद्यमीमा हौसला थपेको अध्यक्ष अग्रवालले बताए। सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने र १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यले दीर्घकालीन आर्थिक विस्तारमा सहयोग पुग्ने उनको विश्लेषण छ। यद्यपि, यी लक्ष्य प्राप्तिका लागि सरकारले द्रुत गतिमा व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

पश्चिम एसियामा जारी युद्धले नेपालको आयात, रेमिट्यान्स, र पर्यटनमा पार्न सक्ने नकारात्मक प्रभावप्रति संकेत गर्दै अग्रवालले ऊर्जा सुरक्षा र आर्थिक आत्मनिर्भरताका लागि ठोस नीतिको माग गरे। इन्धनमा निर्भरता घटाउन विद्युतीय सवारी साधन (ईभी) को अधिकतम प्रयोग र प्रवद्र्धनका लागि सरकारले विशेष सहुलियत दिनुपर्ने उनको सुझाव छ।

वर्तमान परिस्थितिमा इन्धनमा लगाइएको कर घटाएर उपभोक्तालाई राहत दिन र वैदेशिक रोजगारीमा विविधिकरण ल्याउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker