मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरण: लागुऔषध आपूर्तिमा संलग्न महिलालाई १५ वर्ष जेल – Pradesh Dristhi
देश

‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरण: लागुऔषध आपूर्तिमा संलग्न महिलालाई १५ वर्ष जेल

वासिङ्टन डीसी । अमेरिकी टेलिभिजन सिरिज फ्रेन्डसका चर्चित अभिनेता म्याथ्यू पेरीको मृत्यु प्रकरणमा संलग्न एक महिलालाई १५ वर्षको जेल सजाय सुनाइएको छ । जसभिन सङ्घा नाम गरेकी ४२ वर्षीया महिलाले अवैध लागुऔषध आपूर्ति गरेको स्वीकार गरेपछि अदालतले उक्त सजाय सुनाएको हो । सन २०२३ मा पेरीको केटामिनको तीव्र असरका कारण मृत्यु भएको थियो ।

बुधबारको अदालत उपस्थितिमा सङ्घाले आफ्नो भूमिकाप्रति पश्चात्ताप व्यक्त गर्दै भनिन्, “म आफूले गरेका कार्यहरूको पूर्ण जिम्मेवारी लिन्छु । यी अत्यन्त खराब निर्णयहरू थिए, जसले अन्ततः दुखद परिणाम निम्त्यायो ।” अमेरिकी जिल्ला न्यायाधीश शेरिलिन गार्नेटले सङ्घीय अभिआयोजकहरूले सिफारिस गरेको सजायलाई स्वीकार गर्दै १५ वर्षको जेल सजाय सुनाइन् । पेरीको मृत्यु पछि पनि सङ्घाले केटामिन बिक्री जारी राखेको तथ्यलाई गम्भीर रूपमा लिँदै न्यायाधीशले कडा सजाय आवश्यक रहेको ठहर गरिन् ।

सङ्घाले गत सेप्टेम्बरमा पाँच वटा गम्भीर लागुऔषधसम्बन्धी आरोपमा दोष स्वीकार गरेकी थिइन । उनका वकिलहरूले भने पहिले नै भुक्तान गरेको हिरासत अवधिलाई नै सजाय मान्न आग्रह गरेका थिए । उनी सन २०२४ मा पक्राउ परेकी थिइन र झण्डै एक वर्ष आठ महिना देखि हिरासतमा थिइन् । पेरीले आफ्नो जीवनमा लागुऔषध र पेनकिलरको लतसँग संघर्ष गरेको कुरा आफ्नो आत्मकथा फ्रेन्डस, लभर्स एन्ड द बिग टेरिबल थिङ्गमा उल्लेख गरेका थिए ।

सङ्घीय अधिकारीहरूका अनुसार, पेरी सुरुमा चिन्ता र डिप्रेसनको उपचारका लागि क्लिनिकमा दिइने केटामिन उपचारमा निर्भर भएका थिए । तर, चिकित्सकहरूले मात्रा बढाउन अस्वीकार गरेपछि उनले अन्य स्रोतबाट औषध लिन थाले, जसलाई अभियोजन पक्षले उनको लतको फाइदा उठाइएको बताएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker