मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौँमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट हुँदै – Pradesh Dristhi
Uncategorized

काठमाडौँमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट हुँदै

काठमाडौँ। नेपालको सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि सक्रिय सुबिसु लिमिटेडले काठमाडौँमा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ। यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आगामी अप्रिल ९ र १० काठमाडौँको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सञ्चालन हुनेछ।

नेपालमा आयोजना हुन लागेको यो उच्चस्तरीय प्रविधि सम्मेलनले सरकारको डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउन र मुलुकलाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार छलफलको केन्द्रमा राख्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

यस पटकको सम्मेलन विशेषगरी ‘इन्टरप्राइज नेटवर्क आर्किटेक्चर’ मा आईपीभी सिक्स को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ। वर्तमान समयमा विश्वका ठुला संस्थाहरू क्लाउड–आधारित र सफ्टवेयर–निर्धारित सुरक्षित नेटवर्कतर्फ अघि बढिरहेका बेला आईपीभी सिक्स को प्रयोग प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ।

सम्मेलनमा फाइभजी, स्मार्ट सिटी र ठुला औद्योगिक स्वचालन जस्ता आधुनिक प्रविधिहरूका लागि आवश्यक पर्ने असीमित इन्टरनेट ठेगानाहरू आईपीभी सिक्स ले कसरी प्रदान गर्छ भन्नेबारे विस्तृत अनुभव साटासाट र गहन छलफल हुनेछ

दुई दिनसम्म चल्ने यस कार्यक्रममा नेपालसहित विभिन्न देशका ख्यातिप्राप्त कीनोट स्पिकरहरू र प्रविधि विज्ञहरूको सहभागिता रहनेछ। सहभागीहरूले इन्टरनेट नेटवर्कमा बढ्दो साइबर सुरक्षाको खतरा र त्यसका चुनौतीहरूका बारेमा समेत ध्यानाकर्षण गराउने कार्यक्रम छ।

सुबिसुले आयोजना गर्न लागेको यो सम्मेलनले नेपाली प्राविधिकहरूलाई विश्वस्तरीय विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, नयाँ ज्ञान हासिल गर्ने र क्षमता अभिवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker