Uncategorized
वैदेशिक ऋणबारे शङ्कर– हिजो विरोध किन ? आज स्वीकार किन ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैदेशिक ऋणबारे सरकारको प्रस्ट धारणा माग गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठुलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ।’
उनले थप लेखेका छन्– ‘हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ ।’



