मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु – Pradesh Dristhi
देश

अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु

२२ चैत, काठमाडौं । उत्तरी अफगानिस्तानमा भूकम्प गएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

उनका अनुसार भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका ९ जनाको मृत्यु भएको जानकारी दिए । सोही ठाउँमा एक बालक घाइते भएका छन् ।

भूकम्पको धक्का राजधानी काबुलमा पनि महसुस गरिएको थियो । १८६.४ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको पहिचान गरिएको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker