मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सभामुखमा डीपी अर्याल निर्विरोध – Pradesh Dristhi
Uncategorized

सभामुखमा डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

सभामुख पदका लागि गत शुक्रबार मनोनयन दर्ता हुँदा अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

अन्य कुनै दलले प्रतिस्पर्धामा उम्मेदवार नउतारेपछि उनी स्वतः निर्विरोध बनेका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार एक मात्रै उम्मेदवार परेको अवस्थामा समर्थक सदस्यको अभिव्यक्तिपछि बैठकको अध्यक्षताले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमत नजिक रहेकाले प्रतिपक्षी दलहरूले सभामुखमा उम्मेदवारी नदिएको बताइएको छ।

संसदमा रास्वपाका १८२ सांसद छन् भने नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाल कम्युनिस्ट पार्टी का १७, श्रम संस्कृति पार्टी का ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन्।

सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

नियमअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने प्रावधान रहेको छ।

तर, यदि एउटै पदमा एकल उम्मेदवारी मात्र परेको अवस्थामा भने एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था रहेको उनले बताए।

निर्वाचित सभामुखले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ।

त्यस्तै, उपसभामुखले भने राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ ग्रहण गर्नेछन्।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट चयन हुन्छ भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ।

संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी पाउँछ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker