मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने – Pradesh Dristhi
देश

बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल भइरहेको जनाएको छ ।

प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बताए ।

आइतबार सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले भने–  ‘रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ’, उनले भने–  ‘आन्तरिक र अनौपचारिक रूपमा हामीले त्यसबारेमा छलफल गरिरहेका छौँ ।’

दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ ।  ‘यो विषय प्रक्रियागत रूपमा अघि बढाउन केही नेताहरूको उपस्थितिको प्रतीक्षामा रहेको हुनाले र नेताहरू स्वास्थ्य अवस्थाका कारण पर्खनुपर्ने भएकाले कुरिरहेका छौँ’, झाले भने–  ‘सहमतिमा हामी जिम्मेवार छौ र प्रतिबद्धता बिर्सेका छैनौ, जसले केही तलमाथि होला कि भन्ने आशङ्का नहोस् ।’

रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker