मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ – Pradesh Dristhi
देश

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको रु १० लाख ६३ हजार ८४० सहित २ जना पक्राउ परेका छन् । काठमाडौँ कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटरमा सवार निजहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker