मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
११ महिनामा विपद्का ६ हजार घटना, ४६४ जनाको ज्यान गयो – Pradesh Dristhi
देश

११ महिनामा विपद्का ६ हजार घटना, ४६४ जनाको ज्यान गयो

काठमाण्डाै – गएको वैशाखदेखि फागुन मसान्तसम्म देशभर विपद्का ६ हजार ७९९ वटा घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्मा परेका ३८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै ११ महिनामा १ हजार ८१४ जना घाइते भएका छन् ।

विपद्का कारण १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ । ११ महिनामा बाढीका ३१८, पहिरोका ५९०, ठूलो वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२, डढेलोका २४६ वटा घटना भएका छन् ।

यसैगरी हावाहुरीका २९२, जनावर आक्रमणका ४८८, लेक लागेका ११९ घटना भएका प्राधिकरणको तथ्याङ्क छ ।

 

अन्तिम अपडेट: चैत १, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker