मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन – Pradesh Dristhi
देश

मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । अमेरिकी दूतावासले चेतावनी दिँदै तुरुन्तै इराक छाड्न भनेको बीबीसीले जनाएको छ ।

यसअघि हिजो बगदादमा रहेको अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।

इरान समर्थित लडाकु समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई ध्यानमा राख्दै दूतावासले इराकमा बसिरहेका अमेरिकी नागरिकलाई स्वदेश फर्कन भनेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले हिजो ओमानबाट गैर–आपत्कालीन सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker