मिति: १४ बैशाख २०८३, सोमबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अहिले पार्टीको सम्पूर्ण ध्यान समानुपातिक सांसदहरूको सूची टुंग्याउने विषयमा केन्द्रित : रास्वपा प्रवक्ता – Pradesh Dristhi
देश

अहिले पार्टीको सम्पूर्ण ध्यान समानुपातिक सांसदहरूको सूची टुंग्याउने विषयमा केन्द्रित : रास्वपा प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले अहिले पार्टीको सम्पूर्ण ध्यान समानुपातिकतर्फका सांसदहरूको सूची टुंग्याउने विषयमा केन्द्रित रहेको बताएका छन्।

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उत्कृष्ट र समावेशी सूची बुझाउने तयारी भइरहेको जानकारी दिँदै त्यसपछि मात्रै सरकारको कुरा हुने बताए ।

आइतबार पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता झाले आजै बस्ने पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदहरूको अन्तिम नामावली टुंगो लगाउने बताए।

‘हाम्रो पहिलो प्राथमिकता भनेको निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची बुझाउने हो। संविधानले तोकेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै दलित, जनजाति, मधेसी लगायतको उत्कृष्ट समावेशी अभ्यासलाई हामी समावेश गर्नेछौँ,’ उनले भने।

नयाँ बन्ने बहुमतको सरकारमा रास्वपाले प्रभावकारी काम गर्ने संकेत गर्दै प्रवक्ता झाले बाहिर चलिरहेको मन्त्रालय बाँडफाँडको चर्चालाई पार्टीले सकारात्मक रूपमा लिएको बताए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker