मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रास्वापा उम्मेदवार साहको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै – Pradesh Dristhi
देश

रास्वापा उम्मेदवार साहको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

साहले दिएको रिटमाथि आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

साहको रिटमा यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेश दिएको थियो । ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।

यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । यो निर्वाचन क्षेत्रमा आयोगले नेकपाका मातृका यादवलाई विजयी घोषणा गरिसकेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker