मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पानी परेसँगै वायु प्रदूषण घट्यो – Pradesh Dristhi
देश

पानी परेसँगै वायु प्रदूषण घट्यो

काठमाण्डौ — हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घटाएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ ।

हिजोसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

यसअघि काठमाण्डौको हावाको गुणस्तर सूचकाङ्क एक्यूआई २ सयसम्म पुगेर स्वास्थ्यका दृष्टिकोणले हानिकारक स्तरमा पुगेको थियो । देशका अरु ठाउँमा पनि प्रदूषण बढेको थियो । तर हिजोको वर्षासँगै हावामा रहेको धुलो तथा धुवाँका कणहरू बाहिरिएपछि हावाको गुणस्तरमा सुधार आएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker