मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आर्मीलाई हराउँदै एपीएफ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा – Pradesh Dristhi
देश

आर्मीलाई हराउँदै एपीएफ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा

काठमाण्डौ — राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।  दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरे । उनले

खेलको ७६औँ मिनेटमा गोल गरे ।

राष्ट्रिय लिगमा हिजै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराउँदा सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हरायो ।

 

अन्तिम अपडेट: फागुन २९, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker