मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
राहदानी सेवा एकहप्ता अवरुद्ध हुन सक्ने विभागको भनाइ – Pradesh Dristhi
देश

राहदानी सेवा एकहप्ता अवरुद्ध हुन सक्ने विभागको भनाइ

काठमाण्डौ — राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको हो ।

विभागले सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । यो समयमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशमा नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ ।

आउँदो ५ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह समेत गरिएको छ । विभागले नयाँ प्रणालीबारेको सूचना पछि सार्वजनिक गर्ने जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker