मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सेयर बजारमा तेस्रो सर्किट, दिनभरका लागि कारोबार बन्द – Pradesh Dristhi
देश

सेयर बजारमा तेस्रो सर्किट, दिनभरका लागि कारोबार बन्द

सेयर बजारमा तेस्रो सर्किट लागेको छ । आज कारोबार खुले लगत्तैको ४ प्रतिशतले बढेर २० मिनेटका लागि रोकिएको बजार फेरि खुलेपछि थप १ प्रतिशतले बढेपछि अर्को सर्किट लागेको थियो । योसँगै बजार ४० मिनेट बन्द भएको थियो ।

यसपछि खुलेको बजार एक मिनेटभन्दा कम समयमा थप १ प्रतिशत बढेपछि तेस्रो सर्किट लागेको हो । योसँगै आज दिनभरका लागि कारोबार बन्द भएको छ ।

आज बजार १६२.९३ अंकले बढेर २८७५.४३ अङ्कमा पुगेको छ । बजारमा आज २५३ कम्पनीको मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिलको मूल्य मात्रै घटेको छ ।

आज बजारमा मुस्किलले २ मिनेट मात्रै कारोबार भयो । यो अवधिमा ५१ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker