मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ – Pradesh Dristhi
देश

लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङ, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारे, दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउस, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउले चोकबाट उनीहरू पक्राउ परेका हुन् ।

यसैगरी, री शनिश्चरे नगरपालिका–८ मङगलबारबाट मानबहादुर दर्जीसहित तीन, घोराही–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, धनगढी–३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई र कृष्णपुर–२ स्याउले चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker