देश
झापा-५ : अन्तिम परिणाम सार्वजनिक हुँदै, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

२३ फागुन, काठमाडौं । सर्वाधिक चासोको क्षेत्र रहेको झापा–५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् ।
केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।



