मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको घिमिरेले आफूले पराजय व्यहोरेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनु र नतिजा आउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । Tata RATOPATI PATRO Premier school ‘लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचित परिणामलाई सहज रूपमा स्वीकार्नुपर्छ। लोकतन्त्रवादीहरूले आफ्नो व्यवहारले आफू लोकतान्त्रिक र प्रजातान्त्रिक भएको कुरालाई सिद्ध गर्नुपर्छ,’ घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै भनेका छन् । घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका थिए । उनले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सधैँ सम्मान गरेको पनि बताए । Laxmi sunrise bank ‘हाम्रो निर्वाचन क्षेत्रमा मतदाताहरूले व्यक्त गरेको अभिमतलाई हामी स्वीकार्छौं। र सन्तयकज जीलाई प्रतिनिधि सभा सदस्यको रूपमा कानुन निर्माण गर्ने र नीति निर्माणका सन्दर्भमा उहाँको भूमिका प्रभावकारी होस् भन्ने कामना गर्दछु,’ घिमिरेले भनेका छन् । Shivam Cement घिमिरेले आफूले यो क्षेत्रबाट गर्ने सहयोग निरन्तर जारी रहने बताए । घिमिरेले पार्टीभित्र आपसी समन्वय र सहमति कायम गरी अगाडि बढ्न पनि आग्रह सबैमा आग्रह गरे । Nabil bank उनले समान व्यवहार र योग्यतालाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् । ‘हामी परम्परागत गुटबन्दीबाट माथि उठ्नुपर्छ। प्रतिस्पर्धालाई हामीले महत्त्व दिनुपर्छ,’ घिमिरेले भिडियो सन्देशमा भनेका छन् । – Pradesh Dristhi
देश

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको घिमिरेले आफूले पराजय व्यहोरेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनु र नतिजा आउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । Tata RATOPATI PATRO Premier school ‘लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचित परिणामलाई सहज रूपमा स्वीकार्नुपर्छ। लोकतन्त्रवादीहरूले आफ्नो व्यवहारले आफू लोकतान्त्रिक र प्रजातान्त्रिक भएको कुरालाई सिद्ध गर्नुपर्छ,’ घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै भनेका छन् । घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका थिए । उनले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सधैँ सम्मान गरेको पनि बताए । Laxmi sunrise bank ‘हाम्रो निर्वाचन क्षेत्रमा मतदाताहरूले व्यक्त गरेको अभिमतलाई हामी स्वीकार्छौं। र सन्तयकज जीलाई प्रतिनिधि सभा सदस्यको रूपमा कानुन निर्माण गर्ने र नीति निर्माणका सन्दर्भमा उहाँको भूमिका प्रभावकारी होस् भन्ने कामना गर्दछु,’ घिमिरेले भनेका छन् । Shivam Cement घिमिरेले आफूले यो क्षेत्रबाट गर्ने सहयोग निरन्तर जारी रहने बताए । घिमिरेले पार्टीभित्र आपसी समन्वय र सहमति कायम गरी अगाडि बढ्न पनि आग्रह सबैमा आग्रह गरे । Nabil bank उनले समान व्यवहार र योग्यतालाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् । ‘हामी परम्परागत गुटबन्दीबाट माथि उठ्नुपर्छ। प्रतिस्पर्धालाई हामीले महत्त्व दिनुपर्छ,’ घिमिरेले भिडियो सन्देशमा भनेका छन् ।

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।

चितवन-३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गरेकी छन्। विकासका लागि जनतामैत्री नीति–नियम आवश्यक रहेको महसुस भएपछि १५ महिना कार्यकाल बाँकी हुँदाहुँदै भरतपुर महानगरपालिकाको प्रमुख पदबाट बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको उनले बताइन्।

निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरिन्। आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि काम गर्न उनले शुभकामना दिएकी छन्।

निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले यो विश्वास कहिल्यै नबिर्सने बताइन्। साथै चुनावी अभियानमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि उनले धन्यवाद दिएकी छन्।

चितवनबासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता समेत दाहालले व्यक्त गरेकी छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker