मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी – Pradesh Dristhi
देश

रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् ।

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker