मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाण्डाैकाे ९ वटै क्षेत्रमा रास्वपा अगाडि – Pradesh Dristhi
Uncategorized

काठमाण्डाैकाे ९ वटै क्षेत्रमा रास्वपा अगाडि

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहेकाे काठमाण्डाैका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता हासिल गरिरहनुभएको छ ।

अहिले दिउँसो १ बजेसम्म प्राप्त नतिजाअनुसार काठमाण्डाै–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मत ल्याई अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९ मत ल्याउनुभएको छ ।

यस्तै काठमाण्डाै–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत ल्याउनुभएको छ ।

काठमाण्डाै–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले १ हजार ४७९ मत पाउनुभएको छ ।

काठमाण्डाै–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ३ हजार ५५६ र एमालेका ईश्वर पोखरेलले १ हजार ९०८ मत ल्याउनुभएको छ ।

काठमाण्डाै–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले २ हजार ७७५ र एमालेका अमनकुमार मास्केले १ हजार ६१२ मत पाउनुभएको छ ।

काठमाण्डाै–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरिराख्नुभएको छ । याे क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ र नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत ल्याउनुभएको छ ।

काठमाण्डाै–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १ हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले १ हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डाै–९ मा रास्वपाका डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत ल्याई अग्रता कायम गरिराख्नुभएको छ । याे क्षेत्रमा कांग्रेसकी नानुमैयाँ बास्तोलाले १ हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याउनुभएको छ ।

काठमाण्डाै–१० मा रास्वपाकै प्रदीप विष्टले ८ हजार ५०८ मत ल्याएर अग्रता कायम गरिराख्नुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले १ हजार २२१ मत ल्याउनुभएको छ ।

काठमाण्डाै–१ मा यसअघि रास्वपाकै रञ्जु दर्शना १५ हजार ४५५ मत ल्याई विजयी भइसक्नुभएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker