मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु, मिसाइल र ड्रोन वर्षा – Pradesh Dristhi
Uncategorized

इरानद्वारा इजरायलमाथि प्रत्याक्रमण सुरु, मिसाइल र ड्रोन वर्षा

तेहरान । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न सैन्य अखडामा भीषण बमबारी गरेपछि इरानले पनि इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शत्रु र अपराधी शत्रुको आक्रामकताको जवाफ दिन इजरायली कब्जामा रहेका क्षेत्रहरू तर्फ मिसाइल र ड्रोनको पहिलो लहर प्रहार गरिएको पुष्टि गरेको छ। इरानले आफ्नो सार्वभौमसत्तामाथि भएको हमलाको बदला लिन यो कदम चालिएको बताएपछि मध्यपूर्वमा पूर्ण स्तरको महायुद्ध सुरु हुने जोखिम बढेको छ।

यसैबिच इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा पुनः शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इरानी समाचार एजेन्सी तास्निमका अनुसार तेहरानमा दुई वा सोभन्दा बढी ठूला विस्फोट भएका छन् भने इलम सहरका पश्चिमी र दक्षिणी भेगमा पनि धमाका सुनिएका छन्।

तेहरानको केन्द्र भाग र अन्य इलाकामा इरानी वायु रक्षा प्रणालीले शत्रुको निशानालाई आकाशमै रोक्ने प्रयास गरिरहेका छन्। तेहरानका मन्त्रालयहरू र सैन्य परिसर रहेका क्षेत्रमा मिसाइलहरू खसेका छन् भने केर्मानशाह, लोरेस्तान, ताब्रिज, इस्फाहान र कारज जस्ता सहरहरूबाट पनि विस्फोटका रिपोर्टहरू आइरहेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण आफ्नो देशको अस्तित्वमाथिको खतरा हटाउन अनिवार्य रहेको बताएका छन्। उनले अमेरिका र इजरायलको यो संयुक्त कदमले बहादुर इरानी जनतालाई आफ्नो भाग्य आफैं निर्धारण गर्ने वातावरण बनाइदिने दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक नेतृत्वको प्रशंसा गरेका छन्।

इजरायलले इरानबाट मिसाइल प्रहार भएपछि देशभर चेतावनीका साइरनहरू बजाएको छ र नागरिकहरूलाई सुरक्षित सेल्टर नजिकै बस्न निर्देशन दिँदै देशभर संकटकाल घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनको खतरा समाप्त पार्न इरानमा ‘ठूलो युद्ध अभियान’ सुरु भएको घोषणा गरेका छन्। एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यो संयुक्त हवाई आक्रमणको मुख्य उद्देश्य इरानको सुरक्षा संयन्त्र र सैन्य संचरनालाई ध्वस्त पार्नु हो।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker