मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौं-५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा – Pradesh Dristhi
देश

काठमाडौं-५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।

यसैगरी वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी छन्।

उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker