मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
गृहमन्त्रीले भने– निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छ – Pradesh Dristhi
देश

गृहमन्त्रीले भने– निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन्छ

१५ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमिकमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउन निर्देशन दिए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरे ।

शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो ।

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र वडा सदस्य सोम्बर बहादुर तामाङ सहभागी थिए ।

अनुगमनमा सहभागी सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विस २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका बारेमा जानकारी दिनुका साथै प्रतिनिधिसभाको निर्वान सुरक्षा योजनाबारे जानकारी दिइएको थियो ।

विगतमा मतदान केन्द्रमा भएको संवेदनशीलता र समस्यालाई ध्यान दिएर अहिले विभिन्न नकाहरुमा चेकजाँचमा कडाइ गरिएको जनाइएको छ ।

बैदेश्वर गाउँपालिकामा मतदान स्थल ८, मतदान केन्द्र २१ र मतदाता संख्या १८ हजार ४ सय २२ रहेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker