मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु – Pradesh Dristhi
देश

रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले  तामाङलाई फोन गरेका हुन् ।

तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र  जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् । प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्।  दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु।’

तामाङले सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker